‘कमेडी च्याम्पियन’को विश्व यात्रा स्थगित



काठमाडौं : विश्वभर फैलिएको कोरोनाभाइरसका कारण सरकारले भिडभाड हुने कार्यक्रम नगर्न र दर्शकको चाप रहने ठाउँहरुमा नजान पटकपटक आग्रह गरिरहेको छ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को विश्व यात्रा पनि स्थगित भएको छ ।

विश्वभर फैलिएको कोरोनाभाइरसका कारण कमेडी च्याम्पियनको विश्व यात्रा स्थगित भएको हो । नेपालमा कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको यस रियालिटि शोको विश्व यात्रा हालका लागि स्थगित गरिएको ‘कमेडी च्याम्पियन’का वर्ल्ड टुर म्यानेजर सन्तोष आचार्यले जानकारी गराए ।

त्यस्तै उनले अस्ट्रेलियामा अप्रिल ११ बाट हुने कार्यक्रम पनि हालका लागि स्थगित भएको जानकारी दिए । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका उत्कृष्ट तीन विजेताहरु सहित हास्य कलाकार मनोज गजुरेल सिड्नी जाने भएका थिए ।

प्रतिक्रिया दिनुहोस्