जिवेशले आफूलाई गरेको व्यवहार सम्झदैँ रियाशा धरधरी रुइन्



काठमाडौं : यूट्युब च्यानलबाट प्रशारणमा आएको आजकलको लब नामक सिरियल यतिबेला विवादमा आएको छ । विशेष गरेर यस शोका निर्देशक जिवेश गुरुङ अहिले निकै विवादमा परेका छन् । जिवेशविरुद्ध आजकलको लबका चर्चित कलाकार रियाशा दाहाल, कञ्चन खड्का र युगज्योति गौतमले यातना दिएको आरोप लगाएका छन् ।

रियाशाले केही महिना अघि आजकलको लब छोडिसकेकी थिइन् । पछिल्लो समय उनी सहित कञ्चन खड्का र युगज्योति गौतमले आफुलाई यातना दिएको आरोप लगाउँदै मिडियामा आएका छन् ।

सार्वजनिक स्थानमा जथाभावी बोल्ने, टिमका युवतीहरुलाई मानसिक यातना दिने, विवाहसम्मको दवाव दिने जस्ता काम निर्देशकवाट हुन थालेपछि आफुहरुले काम गर्न नसकेको बताएका छन् । त्यस्तै एक अन्तर्वार्ता दिने क्रममा जिवेशले आफूलाई गरेको व्यवहार सम्झदैँ रियाशा धरधरी रुन पुगिन् ।

प्रतिक्रिया दिनुहोस्