मादकपदार्थ सेवन गरी धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या



बाग्लुङ : आफ्नै श्रीमती ५० वर्षीया गौरा बिकलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ढोरपाटन नगरपालिका–७ गाल्डुङ बस्ने ६२ वर्षीय देबिराम बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

देबिरामले मादकपदार्थ सेवन गरी श्रीमतीलाई प्रहार गर्दा गौरीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले देबिरामलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्