यी हुन् बिपासा बासुका चर्चित ७ ‘स्क्याण्डल’



एजेन्सी : सन् २००१ मा आएको फिल्म ‘अजनबी’ बाट बलिउड फिल्मी करिअर सुरु गरेकी बंगाली बिपाशा बसु आजको दिनमा भने चर्ची अभिनेत्रीको रुपमा परिचीत रहेकी छिन् । ‘राज’ र ‘जिस्म’ जस्ता सुपरहिट फिल्महरु दिएकी बिपाशा आफ्नो हट एण्ड सेक्सी अन्दाजका लागि समेत परिचीत रहेकी छिन् ।

बिपाशाको हिट फिल्महरु झै उनका विवाद पनि उत्तिकै हिट रहेका थिए । कन्ट्रोभर्सीमा उनी एक समेत तानिरहनथिन् । हालै विवाह गरेर करण ग्रोबरसँग दाम्पत्य जीवन बिताएकी उनका सात विवादहरु यस्ता रहेका छन् ।

१. बिपाशा बासुको लब अफयर्स

बिपाशा लब अफयर्सका मामिलामा सधै अगाडि देखिन् । यसकै कारण उनको चर्चा बारम्बार भइ नै रह्यो बलिउडमा । जब उनी फिल्ममा आइन उनको अफयेर जोन अब्रहामसँग चलेको थियो । आठ वर्षभन्दा बढी लामो अफयेर चलेको यो जोडीको अन्तत अचानक ब्रेक नै भयो । त्यसपछि बिपाशाले हरमन बबेजा, राना दुगबत्तीसँग डेट गर्न सुरु गरिन तर यी सम्बन्धहरु पनि धेरै टिकेनन् । एकसमय त यस्तो चर्चा समेत आयो की बिपाशा र पोर्चुगल स्टार रोनाल्डोलाई डेट गरिरहेकी छिन् । तर यो कुरा त्यसै हरायो । हाल करण ग्रोबरसँग विवाह गरेर उनी सेटल हुने प्रक्रियामा रहेकी छिन् ।

२. क्रिस्टयानो रोनाल्डोसँगको किस सिन

बिपाशा बासु जब फिल्ममा गोल गरिरहेकी थिइन् तब उनले विश्वकै चर्चीत फुटबलर क्रिस्टयानो रोनाल्डोसँग भेट भएकी थिइन् । जब बिपाशाले बि बि सी नाइट क्लबमा उनीहरु भेटिएका थिए । फोटोग्राफरले दुवैको फोटो लिने क्रममा विपाशाले रोनाल्डोसँग लिप लक किस नै गरिदिएकी थिइन् । उक्त फोटो धेरै वर्षसम्म खुब चर्चामा रहेको थियो ।

३. अमर सिंह र बिपाशा बासुको फोन टेप स्काण्डल

बिपाशा बासु र अमर सिंहबिचको फोन टेप युटुबमा भाइरल भएको थियो । यो बलिउडको सबैभन्दा ठुलो कन्ट्रोभर्सी मध्येको एक कन्ट्रोभर्सी हो । पछि दुबैले फोन टेप फेक भएको भनेपछि स्काण्डल शान्त भएको थियो ।

४. करीना कपुरसँग फाइट

एक अन्तवार्तामा करीनाले बिपाशालाई काली बिराली भनेर सम्बोधन गरेपछि उनीहरुबिच फाइट चलेको थियो । पछि दुबैले प्याचअप गरेको समाचार बाहिर आएको थियो ।

५. अमीशा पटेलसँग म्यागजिनमा कभर फोटो

अमीशा र बिपाशाले एक म्यागजिनमा निकै आपत्तिजनक फोटोसुट गराएका थिए । सधै जसो अभिनेताहरुसँग फोटोसुट गराएकी बिपाशाको उक्त फोटोसुटले उनी विवादको घेरामा तानिएकी थिइन् ।

६. चायल्ण्ड लेवर कन्ट्रोभर्सी

चायल्ण्ड लेबर राखेको आरोपमा उनी विवादमा आएकी थिइन् । विवाद तब चुलियो जब दुइ बालिकाले उनले जुत्ताको तुना खोल्दै गरेको फोटो सामाजिक सञ्जालमा हालिन् । त्यसपछि फोटोलाई लिएर उनको ठुलो आलोचना भएको थियो । पछि उनले एउटी बालिका आफ्नो बहिनी भएको र अर्की बहिनीको साथी भएको प्रष्ट पारेपछि यो विवाद शान्त भएको थियो ।

७. डिनो मोरियोसँग उत्तेजक फोटोसुट

मोडलिङ करिअर बनाउने क्रममा उनले धेरै फोटोसुट गरेकी थिइन् । तर त्यसमध्ये एउटा फोटो थियो डिनो मोरियोसँगो । बिकिनी पोजमा रहेकी उनीले डिनोसँग अति नै उत्तेजक फोटोसुट गराएकी थिइन् । उक्त फोटोको कारण पनि बिपाशा धेरै महिनासम्म विवादमा रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्