जगदीश समालको ‘जवानी’ बोलको गीत सार्वजनिक



काठमाडौं : जगदीश समालको नयाँ गजल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक ‘जवानी’ बोलको गीतमा सहज गुरुङको शब्द तथा अम्बेर तुम्बापो सुब्बाको संगीत रहेको छ । गीतलाई साहश शाक्यले एरेञ्ज गरेका छन् ।

गीतको भिडियोमा दीपेर्सन जंग राना र अञ्जु चौलागाईं फिचर्ड छन् । शम्भू चालिसे र रजेक्स राउतको सिनेमाटोग्राफी रहेको भिडियोलाई सञ्चारकर्मी राजिव के. श्रेष्ठले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्