चलचित्र ‘डेसान’मा ‘नेगेटिभ’ भूमिकामा नम्रता



काठमाडौं : चलचित्र ‘अन्तराल’ मार्फत रजतपटमा आएकी अभिनेत्री हुन् नम्रता सापकोटा । यो अवधिमा उनले समर लभ, छक्का पञ्जा जस्ता चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् । दर्जनौं म्युजिक भिडियोहरुमा समेत अभिनय गरिसकेकी नम्रता मनोरञ्जन क्षेत्रमा सक्रिय छिन् ।

अभिनेत्री नम्रता सापकोटा अहिले चलचित्र ‘अन्तराल’मा काम गरिरहेकी छिन् । यो चलचित्रको छायांकन नवलपरासीमा भैरहेको छ । चलचित्रमा नम्रता विवाहित महिलाको भूमिकामा छिन् भने नम्रताका अनुसार, उनले यस चलचित्रमा स्वार्थी महिलाको भूमिका निर्वाहा गरिरहेकी छिन् । उनले पहिलो पटक चलचित्रको पर्दामा नकारात्मक भूमिका निर्वाह गरेकी हुन् ।

चलचित्रमा उनलाई भोलाराज सापकोटा, निशान चौहान लगायतले साथ दिएका छन् । चलचित्रलाई कमल मगरले निर्देशन गरिरहेका छन् । यो चलचित्रमा एक भाइरल रोगको कथालाई प्रस्तुत गरिएको छ । एउटा गाउँका मानिसहरुले कुनै बिषयमा कसरी एकसाथ भएर प्रतिकार गर्छन् भन्ने कथा चलचित्रमा छ ।

प्रतिक्रिया दिनुहोस्