सम्हालिन्छ कहिले मन बन्ने घोषणा



निर्देशक सुदर्शन थापाले सम्हालिन्छ कहिले मन नामक फिल्म निर्देशन गर्ने भएका छन् । सांगीतिक प्रेमकथानक फिल्मबारे आइतबार राजधानीमा प्रेसमिट गरी जानकारी दिइयो ।

 

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनबीचको त्रिकोणात्मक प्रेममा निर्माण गरिने फिल्मको अधिकांश दृश्य बेलायत र केही दृश्य मुस्ताङमा खिचिनेछ । निर्देशक सुदर्शनले सम्हालिन्छ कहिले मनको सुटिङ फेब्रुअरी ९ बाट बेलायतमा सुरु हुने जानकारी दिएका छन् ।

सनिस खकुरेल, अमित बस्नेत, परी राना र अजितकुमार थापा निर्माता रहेको फिल्ममा धीरेन शाक्य, सरोज खनाल, गौरी मल्ललगायत कलाकारले पनि अभिनय गर्ने बताइएको छ । 

 

प्रतिक्रिया दिनुहोस्