‘ए मेरो हजूर–४’ को छायाँकन पनि रोकियो



काठमाडौं : कोरोना संक्रमणका कारण चलचित्र ‘ए मेरो हजूर ४’ को छायाँकन रोकिएको छ। सरकारले २५ जना भन्दा बढी मानिस भेला नहुने निर्णय गरेसँगै चलचित्र छायाँकन स्थगित गरिएको निर्देशक, अभिनेत्री झरना थापाले जानकारी दिएकी छिन्।

चलचित्र छायाँकनको लागि झण्डै १०० जनाको समूह चाहिने भएकोले छायाँकन स्थगित गरिएको हो। हालसम्म चलचित्रको ४० प्रतिशत छायाँकन सकिएको छ।

प्रतिक्रिया दिनुहोस्