यसरी दिन बिताइरहेका छन् सलमान (भिडियो )



काठमाडौं : कोरोनाको भाइरसको सन्त्रासका कारण अहिले विश्व त्रासमा रहेको छ। विभिन्न देशले भीडभाड हुने स्थान बन्द गरेका छन् । फिल्म हल, क्लब, रंगाशाला र कार्यक्रमहरु स्थगीत भएका छन् । शुटिङ बन्द भएपछि फिल्म क्षेत्रमा काम पनि भएका छैनन् । अभिनेता र अभिनेत्रीहरु पन फुर्सदिला भएका छन् ।

यस्तै बलिउडका अभिनेता सलमान खान पनि कोरोनाका कारण अहिले घरमै छन्। निकै व्यस्त हुने उनी अहिले फुर्सदिला भएका छन् । हालै सलमानले एक भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा उनले स्केच बनाइरहेका छन् । उनले बनाएको स्केचलाई फ्यानहरुले धेरै नै मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्