निर्भयाले न्याय पाएपछि बलिउड कलाकारको प्रतिक्रिया : कसले के भने ?



काठमाडौं : सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई आज फाँसी दिएसँगै सामाजिक संजालमा प्रतिक्रियाहरु आइरहेका छन्। निर्भयाका चारै दोषीलाई शुक्रबार बिहानै साढै ५ बजे तिहाड जेलमा मृत्युदण्ड दिइएको हो।

योसँगै भारतभरी खुसीको लहर छ। निर्भयाका दोषीले फाँसीको सजाय पाएपछि बलिउड कलाकारहरुले पनि आफ्नो प्रतिक्रिया सामाजिक संजालमा सेयर गरेका छन्।

सुष्मिता सेन :- नायिका सुष्मिता सेनले ट्वीट गरेर निर्भयाकी आमा आशा देवीको तारिफ गरेकी छिन् । उनले ट्वीटरमार्फत् भनेकी छिन्, ‘आमाको धैर्य र सहनशीलताले न्याय पाएको छ । अन्तिममा न्याय पाइयो ।’

रितेश देशमुख :- नायक रितेश देशमुखले आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘निर्भयाका आमाबुवा, उनका साथीहरुलाई यतिबेला सम्झन चाहन्छु । समय पक्कै लागेको छ तर न्याय भयो ।’

तापसी पन्नू :- तापसी पन्नूको पनि आफ्नो प्रतिक्रिया सेयर गरेकी छन्। उनले लेखेकी छिन्, ‘अब निर्भयाकी आमा र उनको परिवारले आनन्दको निद्रा सुत्न पाउनेछन् । यो निकै लामो र संघर्षपूर्ण लडाईं रह्यो ।’

प्रिति जिन्टा :- प्रितिले पनि ट्वीटरमा आफ्नो भनाई सेयर गरेकी छिन्। उनले लेखेकी छिन्, ‘यदि निर्भयाका बलात्कारीलाई सन् २०१२ मा मृत्युदण्ड दिएको भए देशमा आपराधिक क्रियाकलापमा निकै कमी आउँथ्यो । उपचारभन्दा रोकथाम नै राम्रो हो । ’

प्रतिक्रिया दिनुहोस्