चलचित्र ’चपली हाइट ३’को प्रदर्शन पनि स्थगित



काठमाडौं : कोरोनाभाइरसको त्रासले हलमा दर्शकको उपस्थिति निकै न्यून रहेको छ । नेपाल सरकारले विज्ञप्ति जारी गर्दै वैशाख १८ गतेसम्म देशभरका हलहरु बन्द हुने जानकारी गराइसकेका छन् । प्रदर्शन मिति तोकेका केही चलचित्रहरु ‘म यस्तो गीत गाउँछु २’ , ‘नीरफूल’, ‘लक्का–जवान’ले भने पहिलै प्रदर्शन मिति स्थगन गरेर बसिसकेका थिए ।

त्यस्तै हल बन्द गरिने निर्णय सँगै मङ्ग्लबार नै चलचित्र ‘लक्का जवान’ ’प्रेमगीत ३’ लगायत चलचित्रले प्रदर्शन स्थगित गरिसकेका छन् भने चलचित्र ’चपली हाइट ३’को पनि प्रदर्शन पनि रोकिएको छ । चैत २८ मा रिलिज हुने भनिएको चलचित्रको प्रदर्शन रोकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै सरकारले चालेको कदमलाई आत्मसाथ गर्दै अर्को सूचना नआए सम्मको लागी चलचित्रको प्रदर्शन मिति स्थगित गरिएको बताएको छ । दर्शकको स्वास्थ्यलाई ख्यालमा राख्दै बिहीबारवाट देशभरका सिनेमा हलहरु बन्द भइसकेका छन्

प्रतिक्रिया दिनुहोस्