‘मिस नेपाल २०२०’ प्रतियोगिता वैशाख १८सम्मका लागि स्थगित



काठमाडौं : विश्वभर फैलिएको कोरोना भाइरसका कारण सरकारले भीडभाड हुने कार्यक्रम नगर्न ,नजान पटकपटक आग्रह गरिरहेको छ ।

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै सिनेमा हल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई २०७७ बैशाख १८ सम्म बन्द गर्ने निर्णय गरेको छ ।

मिस नेपालको फाईनल आगामी वैशाख ३मा राजधानीको अन्नपूर्ण होटलमा आयोजना हुने तय गरिएको थियो तर अर्व मिस नेपाल २०२०’ प्रतियोगिताको मिति सरेको छ ।

आयोजक द हिडन ट्रेजरले बिहीबार बैठक बसी आगामी वैशाख १८ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा अडिसन पनि सकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्