युवराज चौलागाईंको ‘देवतालाई भाकी’ सार्वजनिक



काठमाडौं : गायक युवराज चौलागाईंको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘देवतालाई भाकी ’ बोलको गीत चौलागाईंले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । गीतको भिडियोमा गायक चौलागाईंसँग नायिका मेनुका प्रधान फिर्चड छिन् ।

चितवनको मेघौलीमा खिचिएको भिडियो मार्फत जनावार र प्रकृतिको रक्षा गरौ भन्ने सन्देश दिन खोजिएको छ ।

गीतमा कौशिला खनालको शब्द र युवराज चौलागाईंकै संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई स्यामस्वेत रसाइलिले मिक्सिङ गरेका छन् ।

जीवन रिजालको सिनेमेटोग्राफी रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन् । गीतको भिडियालाई भुषण दाहालले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्