गायिका कनिका कपुरमा कोरोना संक्रमण



काठमाडौं : गायिका कनिका कपुरमा कोरोना संक्रमण देखिएको छ । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिकामा कोरोना संक्रमण देखिएको उनी आफैले सामाजिक संजाल मार्फत बताएकी छिन्।

उनी केही दिन लखनउमा पनि बसेकी थिइन् । उनले, लखनउमा रहँदा केही साथीहरुलाई बोलाएर डिनर पार्टी समेत दिएकी थिइन् । उनी लखनउको एक महंगो होटलमा बसेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्