कोरोनभाइरसविरुद्ध चेतना जगाउँदै कलाकार, कसले के भने?



काठमाडौं : यतिबेला कोरोनाभाइरसका कारण विस्व त्रसित छ । कोरोनाभाइरसविरुद्ध नेपाल लगाएत विभिन्न देशले उच्च सतर्कता अपनाइरहेको छ । नेपाल सरकारले अत्यावसेक बाहेक सबै सेवा तथा कार्यसम्पादन नगर्न आग्रह गरेपछि कलाकारहरु पनि सामाजिक सञ्जालमार्फत चेतना जगाउन सक्रिय देखिएका छन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत कोरोनाको संक्रमण हुन नदिन सचेत रहन आग्रह गरिरहेका छन् । कुन कलाकारले के भने आज हामी चर्चा गछौं ।

सरकारी निर्देशक कडाइका साथ पालना गर्न आग्रह गरेका छन् । उनीहरुले आफूहरु सेल्फ क्वारेन्टाइनमा बसेकोभन्दै संक्रमण हुन नदिन अत्यावसेक काम नभएसम्म बाहिर नजिस्किन अनुरोध गरेका छन् ।

नायिका रेखा थापा

नायिका रेखा थापाले काम विशेषले जानै परे घर फर्किएपछि हात धोएर अथवा सेनिटाइजर प्रयोृग गर्न भन्दै भीडभाड हुने ठाउँमा सकेसम्म नजान आग्रह गरेकी छन्। उनले भनिन्,‘ साथीहरुसँग हात नमिलाउन, आफन्तसँग अंकमाल नगर्न, रुघखोकी लागे तत्काल स्वास्थ्य संस्था जानुहोला । उनले आफूले चिनेको व्यक्तिलाई कोरोनाको लक्षणको आशंका लागे तत्काल स्वास्थ्य संस्थामा लैजान सहयोग गर्न उनले भनेकी छिन् ।

नायिका सुरक्षा पन्त

नायिका सुरक्षा पन्तले परिवारलाई भान्साको काममा सहयोग गर्न, नयाँ पुस्तक पढ्न तथा ब्यायाम तथा खेलहरु खेलेर घरमै बस्न अनुरोध गरेमी छिजन्। उनले यससँगै साबुन पानीले हात धुँदै गरेको तस्बिर फेसबुकमा पोस्ट गरेकी छिन् ।

केकी अधिकारी
नायिका केकी अधिकारीले पनि कोरोनाभाइरसलाई मध्यनजर गर्दै घरबाहिर ननिस्कन आग्रह गरेकी छिन्।

नायिका नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठले पनि कोरोना भाइरसको जोखिमबाट बच्न सरकारको मात्रै प्रयासले सम्भव नहुने भन्दै आफैं सजग र सचेत रहन भनेका छन् । उनले आफूले जानेको सचेतनाका उपायहरु परिवार, आफन्त तथा सुभचिन्तकलाई बताउन आग्रह गरेकी छिन्।

दिपा श्री निरौला

अभिनेत्री तथा हास्य कलाकार दिपा श्री निरौलाले पनि सुरक्षित भएर बस्न आग्रह गरेकी छिन्।

हास्य कलाकार सन्तोष पन्त

हास्य कलाकार सन्तोष पन्तले कोरोना भाइरसको जोखिमबाट बच्न सरकारको मात्रै प्रयासले सम्भव नहुने भन्दै आफैं सजग र सचेत रहन भनेका छन् । उनले आफूले जानेको सचेतनाका उपायहरु परिवार, आफन्त तथा सुभचिन्तकलाई बताउन आग्रह गरेका छन् । 

नायक आर्यान सिक्देल

नायक आर्यान सिक्देलले पनि सबै जना सुरक्षित भएर बस्न आग्रह गरेका छन्।

महानायक राजेश हमाल

महानायक राजेश हमालले पनि अहिलेसम्म सबै ठिक रहेको र सधे ठिक रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्