रन र बेनिशाको ‘छड्के बुलाकी’ सार्वजनिक



काठमाडौं : गायक रन लामा र बेनिशा पौडेलको स्वर रहेको नयाँ गीत ‘छड्के बुलाकी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको म्यूजिक भिडियोमा ‘सक्किगोनी’ नामक हाँस्य टेलिश्रृंखलाबाट चर्चामा आएका सागर लम्साल ‘बले’, जुना सुन्दास र सन्जिब राईलाई आकर्षक रुपमा फिचर्ड गरिएको छ ।

रन लामाको अफिशियल युट्युब च्यानलमार्फत बजारमा आएको उक्त गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने मानशी किरणको संगीत संयोजन रहेको छ ।

मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई निर्देशक सर्जुन राईले निर्देशन गरेका हुन् । भिडियोलाई अनिल के मानन्धरले छायाँकन गरेका हुन् भने शिलान लम्सालले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्