पूर्वेली भाका ‘भेटैमा भयो सोल्टिनी’ सार्वजनिक



काठमाडौं : गायक समीर विक र गायिका सुमिना बराईलीको युगल गायन रहेको ‘भेटैमा भयो सोल्टिनी’ बोल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मोरङको पथरीमा छायाङ्कन गरिएको भिडियोमा दीपा ढकाल र विशाल गदालको रोमान्स देख्न सकिन्छ ।

पूर्वेली भाकामा रहेको गीतमा बुद्धिमान बराईलीको शब्द तथा लय रहेको छ । गीतको भिडियोलाई राम विकले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्