लण्डनमा हुने थर्ड आई टिमको अवार्ड कार्यक्रम स्थगित



काठमाडौं : १०औँ ‘बक्सअफिस अवार्ड २०१७ ’ सफलतापूर्वक सम्पन्न गरेको थर्ड आई टिमले लण्डनमा अवार्ड कार्यक्रम गर्न लागेको थियो । मनोरञ्जन, खेल, पत्रकारिता, साहित्य र लाइफटाइम अचिभमेन्ट विधामा अवार्ड प्रदान गर्ने घोषणा समेत गरेको थियो ।

मे २४मा हुने भनिएको उक्त अवार्डमा सहभागी हुन नेपालबाट केही कलाकारहरु लण्डन जाने तयारिमा समेत थिए । तर, विश्वभर फैलिएको कोरोना भाइरसका कारण अनिश्चित समयका लागि यो अवार्ड कार्यक्रम पनि स्थगित भएको छ ।

यस अवार्डले नेपाल सरकारको पर्यटन प्रवद्र्धन अभियान ‘भिजिट नेपाल २०२०’ लाई पनि सघाउने आयोजक टिमको विश्वास थियो । तर, कोरोनाभाइरसका कारण भिजिट नेपाल कार्यक्रम पनि नेपाल सरकारले स्थगित गरिसकेको छ । थर्ड आई टिमले लण्डनमा फिल्म प्रदर्शनदेखि सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । अव अवस्था सामान्य बनेपछि पुनःअवार्ड गरिने थर्ड आईका विकास देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्