अर्पण थापाको नयाँ चलचित्र ‘लिम्बो’मा आना शर्मा



काठमाडौं : अर्पण थापाले नयाँ चलचित्र ‘लिम्बो’को निर्माण गर्ने भएका छन् । नायक निर्देशक अर्पण थापा अहिले चलचित्र ‘तीन जन्तु’को छायाङ्कनमा व्यस्त छन् । यस चलचित्रको छायाङ्कन सकिएपछि अर्पणले ‘लिम्बो’ गर्दै छन् । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुने यस चलचित्रका लागी कलाकार खोजि भइरहेको छ ।

चलचित्रको मुख्य भूमिकामा भने नायिका आना शर्मा पक्का भएकी छन् । आना शर्माले अनमोल केसी अभिनित चलचित्र ‘जेरी’बाट डेब्यु गरेकी थिइन् । त्यसपछि चलचित्र ‘ग्याङ स्टार ब्लुज’, ‘द म्यान फ्रम काठमाडौं’ लगायतका चलचित्रमा पनि काम गरिन तर ती सबै चलचित्र बक्स अफिसमा असफल साबित भए ।

प्रतिक्रिया दिनुहोस्