रोकियो चलचित्र ‘के घर के डेरा’को छायांकन



काठमाडौं : हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रासले सबैलाई घरमै बस्न सरकारले आग्रह गरिएको छ ।

कोरोना भाइरसको डरका कारण समयमै सतर्कता अपनाउदै चलचित्र ‘के घर के डेरा’ को छायांकन जान स्थगित भएको छ ।

चैत दोश्रो साताबाट छायांकनमा जान तयारीमा रहेको यस चलचित्र कोरोना भाइरस संक्रमण त्रासको अवस्था सामान्य नभएसम्मका लागी छायांकन रोकिएको निर्देशक सुब्रतराज आचार्यले बताए ।

यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई र विपिन काकी, अभिनेत्री वर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराई लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्र शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्