‘प्रेम गीत ३’ को प्रदर्शन मिति अनिश्चित कालको लागि स्थगित



काठमाडौं : चैत २८ गते रिलिज हुने भनिएको चलचित्र प्रेम गीत ३’ कोरोना भाइरसका कारण अनिश्चित कालको लागि प्रदर्शन मिति स्थगित गरिएको छ ।

हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रासले सबैलाई घरमै बस्न सरकारले आग्रह गरिएको छ । यस समयको सदुपयोग गर्न चलचित्र ‘प्रेम गीत ३’ टिमले पबजी प्रतियोगिता आयोजना गरेको छ ।

२५ मार्चबाट शुरु हुने प्रतियोगितामा १ लाख ५० हजारसम्मको पुरस्कारको व्यवस्था गरिएको छ । जसमा पहिलो हुने विजेताले ५० हजार जित्ने छन् । यो खेल दिनको दुईपटक खेलाइने छ । भने यसको प्रत्यक्ष प्रसारण आसुसेनबाट हुनेछ ।

यस चलचित्रमा प्रदीप खड्का, नव–नायक मनिष राउत, नव–नायिका क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन र हिमाल केसीको एक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्