सरकारको निर्देशन पर्साको स्थानीय तह मानेन



वीरगन्ज : कोरोना भाइरस संक्रमणको त्रासको बेला पनि पर्साका केही स्थानीय तहहरुले नेपाल सरकारको निर्देशनको अवहेलना गरिरहेका छन् ।

अति आवश्यक वाहेकको सम्मूर्ण कामहरु बन्द गर्ने सरकारको निर्देशन पर्साका कालिकामाई गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका लागयतका स्थानिय तहहरु मानेका छैनन् ।

कालिकामाई गाउँपालिकाले सोमबार भेला गर्नुको साथै सडक फराकिलो पार्नको लागि घरहरु भत्काउदा गाउँलेहरु झन पिडामा परेका छन् ।

विपत्तिको बेलामा पनि गाउँ कार्यपालिका कार्यालयले आफुहरुको घर भत्काएर घर बिहिन बनाएको गाउँलेहरु दुखेसो पोखेका छन् ।

कोरोनाको त्रासले जीवन बिताइ रहेका स्थानियमा थप पीडा दिदै कालिकामाई गाउँपालिकाले वडा नं. ४ प्रशुरामपुरको दर्जनौं घरहरु भत्याइएको छ । घर भत्काउने क्रममा विवाद हुदा गाउँपालिका जनप्रितिनिधि पंचायती समेत बसेका थिए ।

सरकारले २५ जना भन्दा बढी व्यक्ति एक स्थान जम्मा नहुने निर्णय गरेपनि पर्साको कालिकामाई गाउँपालिकामा एकै स्थानमा स्थानिय सरकारका प्रतिनिधिहरुकै रोहवरमामा ठूलो भेला आयोजना गरिएको थियो ।

गाउँपालिका वडा नं। ४ मा निर्माण भईरहेको सडकको बिषयमा भएको बिवाद मिलाउँन सयौंको सख्यामा स्थानिय सरकारका नेता, जनप्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली जम्मा भएर छलफल गरेका छन् । सो छलफलमा गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाह सहित सबै वडा अध्यक्षहरुको सहभागी रहेको थियो ।

जनप्रतिनिधि सहितको टोलीले निर्माण भईरहेको सडकको अनुगमन समेत गरेको छ । अनुगमनको क्रममा सयौंको संख्यामा स्थानियहरु एक साथ सहभागी भएका थिए ।

वाटो बनाउँने बिषयमा गाउँ भेला नै वडा नं। ४ वसेको थियो । कोरोनाको त्रासलाई न्युनिकरणका लागी सहयोग गर्ने समयमा जनप्रतिनिधीहरु नै अचेतनाको पाठ आमजनतामा सिकाउँदा सर्वसाधारणहरु चिन्तीत भएका छन ।

सडक नै बिस्तार गर्नु नै छ भने एक हप्ताका लागी कामकाज थप गरी पछि गर्दा हुने सोही वडाका स्थानिय रामरुप महतो कोईरीको भनाई छ । आमजनतालाई चेतना दिने जनप्रतिनीधीहरु नै अचेतनशिल भई यस्तो काम शुरु गरेका कारण कालिकामाई गाउँपालिका सहित वरिपरिका गाउँ पनि असुरक्षित हुनसक्ने स्थानियहरुको भनाई छ ।

सरकारले आ आफ्नो घर भित्र बस्ने भनिरहेको बेला पनि घर भत्काउने र भेला हुने कालिकामाईको कार्यको चौतर्फी आलोचना समेत भइरहेको छ ।

यस्तै सखुवा प्रसौनी गाउँपालिकामा पनि घरेलु तथा सना उद्योग कार्यालयको तालिम संचालन भएको छ । तालिम गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले एक भेलाका बिच आइतबार उद्घाटन गरेका थिए ।

सरकारले तालिम गोष्ठीमा समेत प्रतिवन्ध लगाए ता पनि सखुवा प्रसौनीमा ९० दिने मोटरसाइकल मर्मत र ब्यूटिसियन तालिमा संचालनमा गरि बन्दको मौका छोपेर सरकारी बजेट कुम्ल्यानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्