श्रीमती बलात्कार गर्ने श्रीमान पक्राउ



भक्तपुर: श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

श्रीमतीको इच्छा विपरीत शारीरिक सम्पर्क गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले खड्कालाई पक्राऊ गरी वैवाहिक बलात्कार ऐन अन्तर्गत मुद्धा चलाएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले बताए ।

३७ वर्षीया श्रीमतीले आफूलाई माघ ४ गते श्रीमानले जबरजस्ती शारीरिक सम्पर्क गरेको भन्दै माघ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्