वुद्ध एयर अब अन्तर्राष्ट्रिय उडान भर्ने



काठमाडौं : बुद्ध एयरले अबको तीन वर्षपछि आफ्ना उडानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने भएको छ ।

 

 पोखराको अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारी रहेको बुद्ध एयरले जनाएको छ ।

 

एयरलाइन्सका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले अन्तर्राष्ट्रिय उडानलाई नै पब्लिकको रुपमा लैजाने बताए । 

 

बुद्ध एयरले अहिले प्राइभेट कम्पनीको रुपमा रहेर आन्तरिक र क्षेत्रीय उडान भरिरहेको छ । पोखरा बिमानस्थल बनेपछि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने बस्नेतले जानकारी दिए । 

 

अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत सेयर मात्र आफूले राख्ने, ३० प्रतिशत रणनीतिक साझेदार र बाँकी हवाइक्षेत्रमा आउन चाहनेलाई दिने उनले बताए । 

 

यद्यपि, बुद्ध एयरले आन्तरिक उडानतर्फ भने आफैँले राख्ने अर्थात पब्लिकमा नजाने भनेको छ । 

 

बुद्धले अन्तर्राष्ट्रिय उडानको लागि लाइसेन्स पाएर काठमाडौंबाट भारत उडान गरिरहेको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि भने त्यही ठाउँलाई आधार बनाएर भारत र चाइनामा उडान भर्ने जनाएको छ । सन् २०२१ बाट पोखरा विमास्थल सञ्चालनमा आउने भनिएको छ । 

 

आजैदेखि बुद्ध एयर २२ औ वर्षमा पनि प्रवेश गरेको छ । बुद्धले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, पोखरा र भरतपुरमा उडान गरिरहेको छ । काठमाडौबाट भारतको बनारसमा पनि नियमित उडान शुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस्