कुलमान घिसिङलार्इ ‘पर्सनालिटी अफ दी इयर’बाट सम्मान गरिने



काठमाडौ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । 

 

नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुयाई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलले सो सम्मान प्रदान गर्न लागेको हो । यसअघि सरकारले गणतन्त्र दिवस २०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो ।

 

दुई वर्षअघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले भोगेको विद्युत् कटौती समस्या समाधानमा योगदान पु¥याएका थिए ।  

 

घिसिङको नेतृत्वमा आर्थिक वर्ष २०७२÷७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३\७४ मा एक अर्ब ५१ करोड खुद नाफा कमाउन सफल भएको थियो । 

 

आव ०७४\७५ मा प्राधिकरणको नाफा एक अर्ब एक करोड रुपैयाँ आर्जन हुने प्रक्षेपण गरिएको छ । सञ्चालन नाफा सात अर्ब ८६ करोड रहेको छ ।

 

घिसिङकै नेतृत्वमा गत आवमा विद्युत् चुहावट २० देखि ४५ प्रतिशतमा सीमित भएको छ । जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिब ५।५ प्रतिशत र करिब १४।५ प्रतिशत रहेको छ । चालु आवमा विद्युत् चुहावटलाई १८।५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । 

 

यसैगरी गीत सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङलाई ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिनेछ । च्यानलले यस पटक २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत र म्युजिक भिडियोलाई पनि मनोनयनमा समावेश गरेको छ ।

 

विभिन्न १७ विधाका मनोनयनमा परेका पाँचमध्येबाट उत्कृष्ट चयनको लागि प्राविधिक मत सङ्गीत क्षेत्रका जानकारबाट नै लिइने छ । गत वर्षहरुमा जस्तै यस वर्ष पनि गीत, सङ्गीत, रचनालगायत विभिन्न १८ विधाका उत्कृष्ट ५\५ मनोनयन सोमबार सार्वजनिक गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्