कतारबाट आएका सिरहाका एक जनामा कोरोनाको आशंका, टेकु ल्याइयो



काठमाडौं : कतारबाट भर्खरै नेपाल फर्किएका एक जनामा कोरोना संक्रमण भएको आशंका गरिएको छ । सिरहाको औरही गाउँपालीका ५ बाट एकजनालाई कोरोना भाइरस (कोभिड १९) आशंका गरिएको हो ।

उनलाई थप उपचारका लागि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु ल्याइएको वडाअध्यक्ष दिलिप यादवले जानकारी दिएका छन् ।

उनी कतारबाट गत ७ गते नेपाल आएका र अत्यधिक ज्वरो आएपछि कोरोना संक्रमण आशंकामा जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । जनकपुर प्रादेशिक अस्पतालले उनलाई काठमाडौं पठाइएकाको जिल्ला स्वास्थ कार्यलय सिरहाले जनाएको छ।

उनी घर फर्किएपछि परिवारसँगै बस्दै आएका थिए । साथै उनले गाउँका अन्य व्यक्तिलाई पनि भेटेकोले गाउँमा उनले भेटेका अरुको पनि पहिचान भइरहेको वडा अध्यक्ष यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्