संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएन : उपसभापति निधी



पूर्व उपप्रधानमन्त्री तथा कांग्रेसका उपसभापति विमलेन्द्र निधीले संविधानमा दिएको अधिकार प्रदेश सरकारलाई तत्काल दिन संघीय सरकारलाई अनुरोध गरेका छन् ।

 

संविधानमा प्रदेश सरकारलाई प्रदेश प्रहरी गठन लगायतका अधिकार दिएको भएपनि संघीय प्रहरी ऐनको वहाना बहना बनाएर प्रदेश सरकारको काममा संघीय सरकारले हस्तक्षेप गरिरहेको आरोप लगाए ।

 

प्रहरी, कर्मचारीको अभावमा प्रदेश सरकारको काम प्रभावित हुने गरेको उल्लेख गर्दै उपसभापति निधीले भने, ‘प्रदेश सरकार गठन भएपछि संविधानमा दिएको अधिकार संघीय सरकारले तत्काल दिनुपर्छ, अनि मात्र प्रदेश सरकार काम गर्न सक्छ, नत्र प्रदेश सरकारले विभिन्न बहना बनाएर जिम्मेवारीबाट पञ्चिन सक्छ । त्यसकारण यस विषयमा संघिय सरकारले तत्काल निर्णय लिनु आवश्यक छ ।’

 

प्रदेशमा रहेका महत्वपुर्ण योजनाको अनुगमन, मुल्याङकन गर्नुको साट्टो नयाँ नयाँ आयोजना ल्याएर आफ्ना कार्यकर्ताहरुलाई पालने काम गर्न खोजेको भन्दै उपसभापति निधीले प्रदेश सरकारको आलोचना समेत गरे ।

प्रतिक्रिया दिनुहोस्