अत्यावश्यक वस्तु आपूर्ति सहज बनाउन चीन र भारतसँग कुरा गर्न उद्योग मन्त्रालयको परराष्ट्रलाई आग्रह



काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु आपूर्ति असहज हुनथालेको भन्दै चीन र भारतसँग कुरा गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ।

अत्यावश्यक वस्तुहरु खाद्यान्न, औषधि, औषधिको कच्चा पदार्थलगायतको आपूर्ति असहज हुनथालेको भन्दै तत्काल भारत सरकार वा समकक्षी निकायसँग वार्ता गर्न मन्त्रालयले पत्रमार्फत परराष्ट्रलाई आग्रह गरेको प्रवक्ता उर्मिला केसीले जानकारी दिइन्।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै नेपाल र भारत दुवैले पूर्वसतर्कता र सुरक्षा अवलम्बन गर्ने क्रममा लकडाउन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्