मुटुमा समस्या आएपछि प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना



फोटो फाइल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

प्रधानमन्त्री ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहले प्रधानमन्त्री ओलीको मुटुको चाल केही बढेको देखिएपछि प्रधानमन्त्री लाई राति नै अस्पताल भर्ना गरिएको बताए ।

डा. शाहका अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्