कोका–कोला यूथ डायलगको तेस्रो संस्करण : एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका १३६ विद्यार्थीहरूसँग दिगो समाधानहरू खोज्दै



काठमाडौँ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला यूथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले “एक्स्प्लोरिंग सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर” अर्थात दिगो भविष्यका उपायरुको बारेमा छलफल गरेका छन् ।

ग्लोकल प्राईभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति रहेको थियो भने सहभागीहरूले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरूको बारेमा छलफल गरेका थिए । उद्योग विज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्जवल भविष्यको लागि युवाहरूको सामूहिक र व्यवहारिक कदमहरूको बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्