हत्यामा संलग्नको आशंकामा तीन पक्राउ



चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका-६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। तीनैजनालाई मंगलबार साँझ पक्राउ गरिएको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।प्रहरीले पक्राउ परेकाको नाम भने गोप्य राखेको छ। 

प्रतिक्रिया दिनुहोस्