अभिनेता सिक्देलको कविता– ‘बाच्नु नै छ भने, बाँच अरुको लागि’



काठमाडौं– सरकारले मंगलबारबाट चैत १८ गतेसम्म देशैभर ‘लकडाउन’ गरेको छ । अब एक साता सर्वसाधारण घर बाहिर निस्किन पाउने छैनन् । यो निर्णयलाई नेपाली सेलिब्रेटीहरुले पनि समर्थन जनाएका छन् ।

‘लकडाउन’को सदुपयोग गरौ भन्दै विभिन्न सेलिब्रेटीहरु आफ्ना शुभचिन्तकलाई अपिल समेत गर्दै आएका छन् । कोरोना भाइरसबाट बच्न विभिन्न उपायहरू भिडियो सन्देश तथा सामाजिक सञ्जालबाट मार्फत् सिकाई रहेका छन् । त्यस्तै अभिनेता आर्यन सिक्देलले पनि सामाजिक सञ्जाल फेसबुकमा कविता लेख्दै ‘बाच्नु नै छ भने, बाँच अरुको लागि’ भनेर अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्