चीनमा पाँच सय भन्दा बढि हल पुनः सूचारु



एजेन्सी– कोरोना भाइरसको सुरुवात चीनको वुहान शहरबाट भएको थियो । तर, पछिल्लो केही दिनयता चीनको जनजीवन सामान्य बन्दै गएको छ । चीनको बुहान प्रान्तबाट फैलिएको भाइरस हाल सो प्रान्तमा नयाँ सङ्क्रमण नदेखिएको बताइएको छ ।

भाइरसको सङ्क्रमण बढेपछि चीन सरकारले करिब ७० हजार फिल्म हलहरू बन्द गराएको थियो । यतिबेला सङ्क्रमणको जोखिम घटेपछि पाँच सय भन्दा बढि हलहरु खुल्ला गरिएको छ ।

हलहरूमा दर्शकको उपस्थिति अत्यन्त न्यून भए पनि भाइरस सङ्क्रमणको अवस्था क्रमिक रूपमा सुधार आए पछि चीनका सबै फिल्म हलहरु सामान्य अवस्थामा फर्किने छन् । चीनलाई विश्वको दोश्रो ठुलो बक्स अफिस समेत मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्