कोरोनाबाट बच्न आवश्यक सावधानी अपनाऔं: अध्यक्ष डा.दत्त



काठमाडौं– मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट आफु र आफ्नो समाजलाई बचाउन सरकार द्वारा निर्देशित सावधानीहरू अपनाउन आग्रह गरेका छ ।

बिहिबार एक भिडियो सार्वजनिक गर्दै अध्यक्ष डा.दत्तले विदेशबाट आएका नेपाली वा विदेशी नागरिकहरूले कोरोनाको कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिक को स्वास्थ्य चौकी वा अस्पतालमा सम्पर्क राख्न आग्रह गरेका हुन् ।

यस्तो समयमा सबैजना सरकारद्वारा लगाइएको लकडाउनलाई पूर्ण रुपमा पालना गरेर आफु र आफ्नो समाज लाई यस महामारी बाट बचाउन उनको अपिल छ ।

यस महामारीको समयमा संघ, प्रदेश तथा स्थानीय सरकारले एक आपसमा सहकार्य र सम्वन्य गरेर उचित उपचार को व्यवस्था समेत मिलाउन अध्यक्ष डा.दत्त ले अनुरोध गरेका छन् ।
अध्यक्ष डा.दत्तले महामारीको अवस्थामा मधेशी आयोग हरेक क्षण जनतासँग हुने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्