क्वारेन्टाइनमा बस्न थाले शंकास्पद


नवलपरासी : पश्चिम नवलपरासीका विभिन्न स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनमा पछिल्लो पटक शंकास्पद व्यक्ति बस्न थालेका छन् । कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोखिन जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टाइन बनाइए पनि आवश्यकताका आधारमा क्वारेन्टाइनमा शंकास्पद व्यक्ति बस्न थालेका हुन् ।

सुनवल नगरपालिका तथा युक्ति प्रहरी तालीम महाविद्यालयको संयुक्त प्रयासमा सुनवल — ११ को जर्गाहमा स्थापना गरिएको १०० शय्याको क्वारेन्टाइनमामा १५ शंकास्पद व्यक्ति बसेका छन् ।

क्वारेन्टाइनमा आएकामध्ये यस अगावै थप उपचारका लागि एक जनालाई प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । अहिले क्वारेन्टाइनमा भारत र अन्य मुलकबाट आएका १५ व्यक्ति रहेको सुनवल नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यसैगरी बर्दघाटको चौपत्तामा रहेको शहीद स्मृति सामुदायिक अस्पतालमा चार आइसोलेशन वार्ड स्थापना स्थापना गरिएको छ । बर्दघाटमै दिव्यज्योति बहुमुखी क्याम्पसमा १५ शय्या र बाल्मीकि माविमा १० शय्याको क्वारेन्टाइन बनाइएको छ । दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा चार व्यक्ति बसेका छन् । तीमध्ये एक जना कतार र तीन जना भारतबाट आएका हुन् ।

सुस्ता गाउंँपालिका पक्लिहवास्थित स्वास्थ्यचौकीमा १० शय्याको र सुस्ता १ स्थित युनाइटेड एकेडमीमा १८ शय्याको क्वारेन्टाइन बनाइएको छ दुवै स्थानमा गरी हाल सात व्यक्ति क्वारेन्टाइनमा छन् ।

प्रतापपुर गाउंँपालिकाको त्रिभुवन क्याम्पस बेलाटारीमा २० शय्या र बाल्मीकि सहकारी गोपीगञ्जमा तीन शय्याको क्वारेन्टाइन बनाइएको छ । त्रिभुवन क्याम्पसको क्वारेन्टाइनमा सात जना र छन् । उनीहरु भारतबाट आएको बताइएको छ । पाल्हीनन्दन स्वास्थ्य केन्द्रमा स्थापना गरिएको १० शय्याको क्वारेन्टाइनमा अहिले ६ जना छन् । तीमध्ये तीन जना भारतबाट र अन्य तीन जना तेसो मुलुकबाट आएका व्यक्ति छन् ।

रामग्राम नगरपालिका परासीमा रहेको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा चार शय्याको आइसोलेशन बेड सहित उपचार कक्षको व्यवस्थापन गरिएको छ भने आदर्श माध्यमिक विद्यालयमा ५० शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ ।

यता सरावल गाउंँपालिका ७ मा रहेको भुजहवा सेल्टर भवनमा १० शय्याको क्वारेन्टाइन बनाइएको छ भने सरावल १ स्थित वसन्त माविको भवनमा पनि पाँच शय्याको क्वारेन्टाइन बनाइएको छ । जिल्लाका सबै स्थानीय तहले सम्भावित संक्रमणबाट जोगिन हेल्थ डेस्क स्थापना र क्वारेन्टाइन निर्माण गरेका छन् ।

क्वारेन्टाइन बन्यो सामुदायिक प्राकृतिक चिकित्सालय

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा चार सय जना अट्ने लक्ष्यसहितको क्वारेनटाइन स्थापना गरिएको छ । चिकित्सालयका व्यवस्थापक हरि सापकोटाका अनुसार क्वारेन्टाइन स्थापना भई हाल १५ शंकास्पद व्यक्ति बस्न थालेका छन् ।

नगरपालिकाले १७ वटै वडामा क्वारेन्टाइन बनाउने योजनानुसार विद्यालयका सट्टा चिकित्सालय प्रयोगमा जोड दिएको छ । त्यसमा एक सयभन्दा बढी कोठा रहेको र चार सयभन्दा बढी व्यक्ति अट्ने क्षमता रहेको सापकोटाको भनाइ छ । नेपाल भित्रिने नेपाली र गैरनेपालीलाई १४ दिनसम्म त्यहाँ राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण

वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर

रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ । रुकुम पश्चिमको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न

काठमाडौं : बुढानिलकण्ठ नगरपालिकाका कोरोना संक्रमण देखिएका व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित सात घर सिल गरिएको छ । स्थानेश्वर मार्गमा बस्ने ३५

काठमाडौं : डा. गोविन्द केसीले दार्चुला जिल्लामा दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका छन्।उनले सोमबार