आजदेखि घरघरमा गएर फोहोर उठाउन सरकारको निर्देशन, बाहिर फाल्नेलाई कारवाही



काठमाडौं : सरकारले तत्काल नागरिकको घर घरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । शनिबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ति जारी गर्दै शनिबारदेखि घर घरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

उनले शनिबारदेखि काठमाडौं उपत्यकाको फोहोर संकलन र सिसडोलमा बिसर्जन सुरु भएको पनि जानकारी दिए ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्नका लागि लकडाउनमा बस्नुपरेको अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्