देशभरिका नाै सय किशाेरीले अाज एकैपटक बहस गर्ने



काठमाडौं : सातौं आन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर आज (असोज २५ गते) देशभरिका ९ सय किशोरीले आफ्नै सवालमा एकैपटक बहस गर्ने भएका छन् ।

 

किशोरीले सामुदायिक रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा तिनको न्यूनीकरणका लागि आफ्नो नेतृत्वमा भइरहेको पहलबारे जानकारी गराउनेछन् । 

 

कार्यक्रममा ३ सय किशोरी एक दिनका लागि रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् । भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता अतिथिका रुपमा बहसमा सहभागी हुनेछन् । 

 

जसमा देशभरिका ९ सय किशोरी एकै दिन रेडियोमा प्रवेश गर्नेछन् । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्