प्रदेशमा ३ वटा ल्याब, दैनिक ज्यालादारीलाई राहत र स्वास्थकर्मीलाई बिमागर्न सांसद साहको सुझाव



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले लकडाउनलाई प्रभावकारी बनाउन जतस्तरबाट गर्न सकिने कार्यहरु तथा स्थानीय प्रशासन र नेपाल सरकारले गर्नुपर्ने कार्यहरूबारे सुझाव दिएका छन् ।

उनको असहाय छिमेकीलाई मद्दत गर्नेदेखी प्रदेश स्तरमा परीक्षणको सुधिबा र स्वास्थकर्मीको बिमासम्म गनुपर्ने बताएका छन् । उनले प्रत्येक प्रदेशमा ३/३ वटा कोरोना परीक्षण ल्याबको व्यवस्था हुनुपर्ने बताएका छन् ।

उनले सरकारलाई दैनिक ज्यालादारीमा निर्भर श्रमिकहरुलाई घरमै राहत उपलब्ध गराउन पनि सुझाव पनि दिएका छन् । उनले स्वास्थ्यकर्मीहरुलाई आवश्यक व्यक्तिगत सुरक्षाका सामाग्रीलगायत प्रदान गर्नुको साथै सरकारले उनीहरुको बिमाको व्यस्था गर्नुपर्ने आवश्यकता औलाएका छन् ।

स्थानिय प्रशासनद्वारा गर्ने पर्ने कार्यहरूः

१. लकडाउनलाई व्यापक प्रचार सहित व्यवहारिक कार्यन्वयन गर्ने ।
२. अत्यावश्यक बस्तु र खाधान्य बस्तु आपूर्तिको सहज व्यवस्था मिलाउने जसको लागि आफ्नो क्षेत्र भित्रका उत्पादनको श्रोत, बिक्री केन्द्रहरू र सबै स्टोरहरूको रेकर्ड राख्ने, बिक्री बितरणको समय र तरिका बारे आम नागरिकलाई अग्रिम जानकारी गराउने र आपूर्ति र दररेटमा सक्रिय निगरानी सहित गलत गर्नेलाई कारवाही गर्ने ।
३. दैनिक ज्यालादारीमा आश्रित परिवारलाई तुरून्त राहत घरमा उपलव्ध गराउने ।
४. लकडाउनको अवज्ञा गर्ने वा कोरोना भाईरस बारे गलत प्रचार गर्ने कार्यलाई नियन्त्रण गर्ने र गलत गर्नेलाई कडाइ पुर्वक कारवाही गर्ने ।
५. देश बाहिरबाट आएका व्यक्ति लाई तुरून्त कोरेन्टाइनमा पठाउने र संकास्पद बिरामीहरूको परिक्षणको व्यवस्था मिलाउने ।
६. आफ्नो एरिया भित्रको सरकारी वा निजि सबै स्वास्थ्य उपचार केन्द्रहरूको रेकर्ड राख्ने र परिचालन गर्ने ।

रोकथामको लागि सरकारले गर्नु पर्ने कार्य :

१. प्रयाप्त टेस्ट ल्यावको व्यवस्था गर्ने (प्रत्येक प्रदेशमा ३र३ वटा )
२. केन्द्र प्रदेश र स्थानिय तह सबैले आफ्नो क्षमता अनुसार कोरेन्टाइनको व्यवस्था गर्ने ।
३. सबै अस्पताल र कोरेन्टाइन सेन्टरमा आबश्यक उपचार सामग्री र प्रबिधि तुरून्त उपलब्ध गराउने ।
४. सबै स्वास्थ्यकर्मी , एम्बुलेनस ड्राइभर परिक्षणमा खटिएका सुरक्षाकर्मीसमेतलाई माक्स, ग्लोक्स स्प्रोन, चस्मा , जुत्ता लगायतका एएभ् उपलब्ध गराउने ।
५. कोरेन्टाइनमा बसेकाहरूलाई खानपिन र सरसफाइ सहित राम्रो प्रबन्ध गर्ने ।
६. अस्पतालहरूको बर्गिकरण गर्ने ।सबै अस्पताललाई सुरक्षा निकायको निगरानीमा एकीकृत ढंगले परिचालन गर्ने ।
७. स्वास्थ्यकर्मिको उच्च मनोवलका लागि बिमाको व्यवस्था वा अन्य सुविधा घोषणा गर्ने ।
८. केन्द्र सरकारको पहलमा जिल्ला जिल्लामा २र२ वटा सुबिधा सम्पन्न कोरेन्टाइन र प्रदेश सरकारको पहलमा प्रत्येक निर्वाचन क्षेत्रमा एउटा एउटा कोरेण्टाईन निर्माण गर्ने , जसमा उपचारको पनि ब्यावस्था होस।
९. प्रत्येक स्थानिय तहमा ५० वेडको कम्तीमा १र१ वटा कोरेन्टाइन निर्माण गर्ने ।

प्रतिक्रिया दिनुहोस्