लकडाउन बढीमा १४ दिन लम्ब्याउने निर्णय



काठमाडौं : लकडाउन अझै ७ देखि १४ दिन लम्ब्याउने तयारी भएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

आइतबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको बैठकले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साताको लागि घोषणा गरेको लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।

तर कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै समितिले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्