कालिमाटीमा भारतबाट तरकारी ल्याउन रोक, थोक र खुद्राका लागि छुट्टै समय



काठमाडौं : कालिमाटी फलफूत तथा तरकारी बजारभित्र अब भारतबाट आएका सवारी साधनले प्रवेश नपाउने भएका छन्।

देश बाहिरबाट ढुवानीका साधनमार्फत् कोरोना संक्रमण गर्ने भाइरस तथा संक्रमित व्यक्ति पनि प्रवेश हुन सक्ने भन्दै त्यसको नियन्त्रण गर्न त्यस्ता सामान तथा ढुवानीका साधनलाई मंगलबारबाट बजार प्रवेशमा रोक लगाइने भएको हो ।

आईतबार कालिमाटी बजार फलफूल तथा तरकारी बजार विकास समिति, स्थानीय निकाय, सुरक्षा निकाय तथा सरोकारवालासहितको संयुक्त बैठकबाट यस्तो निर्णय भएको हो।

त्यस्तै बजार परिसर भित्र मोटरसाइकल तथा साइकल जस्ता दुईपांग्रे सवारी साधनलाई पनि प्रवेश निषेध गरिएको छ।

यस्तै लकडाउन अवधिका लागि कालिमाटी बजार खुल्ने र बन्द हुने समयमा पनि हेरफेर गरिएको छ। कालीमाटी बजारको थोक बजारको कोराबार गर्ने समयावधि बिहान २ वजे देखि बिहान ७ बजेसम्म र खद्रा बजारको कारोबार तथा कृषक बजारका लागि बेलुका ५ बजेदेखि बेलुका ७ बजे सम्म मात्र तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्