चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको भन्दै मेडिकल सप्लायर्सले गर्यो खण्डन



काठमाडौं : यतिबेला सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको भन्दै चौतर्फि आलोचना भइरहेको छ।

स्वास्थ्य मन्त्रालयले खरिद गरेको एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीपी) लगायतका उपकरण आज मात्र काठमाडौं आइपुगेको छ । तर सम्झौताको खरिद मूल्य सार्वजनिक भएपछि महंगो भएको मेडिकल सप्लायर्सहरुले बताएका छन।
तर स्वास्थ्य मन्त्रालयले अभावका बेला केही महंगो भएको हुनसक्ने तर भ्रष्टाचार नभएको स्पष्टीकरण दिएको छ।

यता सप्लायर्सहरुको छाता संगठन रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले त्यसको खण्डन मात्र गरेको छैन, खरिद प्रक्रियामा प्रश्नसमेत उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्