कोरोना माहामारी : अमेरिका तथा युरोप ‘हटस्पट’, ज्यान गुमाउनेको संख्या बढ्यो



काठमाडौं : विश्वव्यापी माहामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमण विश्वभर ७ लाख २२ हजार १ सय ९६ जना मानिस संक्रमित भएका छन् । विश्वको १ सय ९९ देशमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट हालसम्म ३३ हजार ९ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् भने १ लाख ५१ हजार ७ सय ६६ जना निको भइसकेका छन् ।

पछिल्ला केही दिनयता अमेरिका तथा युरोप ‘हटस्पट’ बनेपछि संक्रमित तथा ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार कोरोनाभाइरसको संक्रमणका कारण हुने मृत्युदर अहिले ३.४ प्रतिशत रहेको छ । मौसमी फ्लूका कारण हुने मृत्युदर भने एक प्रतिशत भन्दा कम रहने गरेको थियो ।

पछिल्ला केही दिनदेखि अमेरिकामा संक्रमतिको संख्या लगातार उच्चदरमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४२६ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिकामा कुल संक्रमितको संख्या एक लाख ४२ हजार चार पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या २४ सय ८४ रहेको छ ।

यस्तै इटालीमा १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ९७ हजार ६ सय ८९ रहेको छ ।

चीनमा कुल संक्रमितको संख्या ८१ हजार ४ सय ३९ तथा मृत्यु हुनेको संख्या ३३ सय छ । स्पेनमा ८० हजार १ सय १० संक्रमित भएका छन् भने ६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा संक्रमित ६२ हजार ९५ र मृत्यु हुनेको संख्या ५ सय ४१, फ्रान्समा संक्रमित ४० हजार १ सय ७४ र मृत्यु हुनेको संख्या २६ सय ६, इरानमा संक्रमित ३८ हजार ३ सय ९ र मृत्यु हुनेको संख्या २६ सय ४० तथा बेलायतमा संक्रमित १९ हजार ५ सय २२ र मृत्यु हुनेको संख्या १२ सय २८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्