प्रियंकाको सट्टा दोस्ताना– २ मा आलिया



मुम्बई:  केही वर्षअघि आफले निर्माण गरेको चलचित्र ‘दोस्ताना’ हिट भए पनि त्यसको सिक्वेल निर्माता करण जौहरले अब निर्माण गर्ने भएका छन् । चलचित्र दोस्ताना–२ मा दोस्तानाका दुवै अभिनेता जोन अब्राहम र अभिषेक बच्चन रहने छन् । तर, यो चलचित्रमा प्रियंका चोपडा रहने छैनन् । प्रियंका चोपडको ठाउँमा करणले अभिनेत्री आलिया भट्टलाई लिएका छन् ।

विवाहपछि प्रियंका आफ्नो सुखद दाम्पत्य जीवनमा व्यस्त रहेको र उनी तत्काल चलचित्रमा आउने अवस्था नरहेकाले उनको ठाउँमा आलियालाई प्रस्ताव गरिएको थियो । प्रस्तावलाई स्विकार्दै आलियाले यो चलचित्र खेल्ने भएपछि यी अभिनेत्री अब पर्दामा जोन र अभिषेकको प्रेमीका रूपमा आउने भएकी छन् । निर्माता करणका अनुसार दोस्ताना–२ को स्क्रिप्ट आलियाले पढिसकेकी छन् । उनलाई चलचित्रको स्क्रिप्ट साह्रै मन परेको पनि यी निर्माताको दाबी छ ।

दोस्ताना–२ मा अभिनेत्री आलिया जोडिने तयारीमा रहेको निर्माता करण जौहरले यसअघि नै बताइसकेका छन् । सोही कारण पनि आलियालाई दोस्तानामा देखिने भएको छ । आफूूहरूको सफल चलचित्र दोस्ताना फेरि सिक्वेलका रूपमा निर्माण हुन लागेकोमा अभिषेक र जोनले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्