जोरपाटीबाट नौ जुवाडे पक्राउ



काठमाडौं: काठमाडौंको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । 

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौँमा बस्दै आएका काभ्रेपलाञ्चोकका २३ वर्षीय अनिल तामाङ, उदयपुरका २२ वर्षीय मानबहादुर खत्री, रामेछापका ३६ वर्षीय सुकलाल तामाङलगायत रहेको उनले बताए । उनीहरुमाथि थप अनुसन्धानपछि कानूनबमोजिम मुद्दा चलाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्