मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाकाे मृत्यु



रत्ननगर: भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गएराति करीब १०ः३० बजे ना५३प ९७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताए। 

प्रतिक्रिया दिनुहोस्