आलियाले किनिन् १३ करोडको अपार्टमेन्ट



मुम्बई :  बलिउडका सफल नायिकाहरुमध्ये एक आलिया भट्ट हुन् । उनकोे सफलता पनि लोभलाग्दा नैे रहेको छ ।

अहिले आलियालाई लिएर फिल्मदेखि विज्ञापनमा काम गर्न चाहनेको लाइन लामो नै रहेको छ । आलियाले काम गरेका फिल्महरु लगातार हिट भएका कारणले उनको माग बढिरहेको छ । जसले गर्दा आलियाको आम्दानी पनि लोभलाग्दो नै रहेको छ ।

त्यसैले  आलिया भट्टले अपार्टमेन्ट खरिदमा लगानी गरिरहेकी छिन् । उनले हालैमात्र, जुहुमा महंगो रकममा अपार्टमेन्ट किनेकी छिन् । जुहुमा उनले किनेको अपार्टमेन्टको मूल्य १३ करोड भारतीय रुपैया रहेको छ । यो अपार्टमेन्ट दुई हजार तीनसय स्क्वायर फिटमा फैलिएको छ । अब आलिया भट्टसँग तीन वटा अपार्टमेन्ट भएको छ ।

आलियाले दोब्बर पैसा तिरेर यो अपार्टमेन्ट किनेको चर्चा छ । अपार्टमेन्टको वास्तविक मूल्य सात करोड रुपैयाँको हाराहारीको भए पनि आलियाले यस अपार्टमेन्टमा १३ करोड रुपैयाँ लगानी गरेकी छिन् ।

आलियाका फिल्महरु ‘गली ब्वाई’, ‘कलंक’, ‘ब्रम्हास्त्र’, ‘ताक्त’, ‘सडक २’ लगायत रिलिजको क्रममा रहेको छ । यसबाहेक आलियाले खेलेकी फिल्महरुमा ‘राजि’, ‘स्टुडेन्ट अफ द इयर’, ‘टु स्टेट’, ‘डियर जिन्दगी’, ‘हाइओए’ लगायतका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्