रमितले १८ लाखमा साइन गरे फिल्म



काठमाडौं : दशकअगाडि नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका नायक रमित ढुंगाना केही वर्षदेखि काँचको पर्दाबाट टाढा थिए । उनको पछिल्लो रिलिज फिल्म ‘बुद्ध वर्न इन नेपाल’ थियो । त्यसपछि उनले अभिनय गरेको कुनै पनि फिल्म प्रदर्शमा आएन । ‘बुद्ध वर्न इन नेपाल’ को च्यारिटीमा उनी लामो समयसम्म व्यस्त रहेका थिए ।

यसैबीच रमितले करीब दुई वर्षपछि एउटा फिल्म साइन गरेका छन् । यही माघ १४ गते निर्मात्री र नायिकाबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ । बिचल किराँतीको निर्देशनमा रहेको अनटाइटल फिल्ममा ढुंगानाले १८ लाख रुपैयाँको पारिश्रमिकमा फिल्म साइन गरेका छन् । यस फिल्मको छायांकन आगामी चैतको पहिलो हप्ताबाट सुरु हुनेछ ।

फिल्मलाई सरु राईले निर्माण गरेका छन् । ढुंगानाले कथा वस्तु मन परेर काम गर्न तयार भएको जानकारी दिए । यो फिल्ममा उनको रोल क्यारेक्टर हिरो र हल्का साइको व्यक्तिको रहेको छ । यो फिल्म कमेडी र एक्सन दुवै हो । फिल्ममा उनको अपोजिटका लागि अहिले निर्माण टिमले नायिका खोजिरहेका छन् ।

यो फिल्मको लागत एक करोड रुपैया रहेको छ । यो फिल्म ‘किराँती ईन्टरटेनमेन्ट’को ब्यानरमा बन्दंैछ । यो फिल्मपछि रमित आफ्नै होम प्रोडक्सनबाट फिल्म ‘पृथ्वीनारायण शाह’ बनाउने तयारीमा रहेका छन् । तर, ठूलो विषय भएका कारण उक्त फिल्म निर्माण हुन केही समय अझै लाग्ने जनाएका छन् । एक्सन हिरोको रुपमा चिनिने ढुंगानाले कुनै बेला थुप्रै हिट फिल्महरु दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्