देउवाले गराए सरकारलाई ११ बुँदे ध्यानाकर्षण : लकडाउनमा परी घर जान नपाएकालाई वैकल्पिक उपाय देऊ



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई ११ बुँदे ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाले मंगलबार ११ बुँदे सुझाव दिँदै सरकारलाई लकडाउन लम्बिएको कारण विभिन्न स्थानबाट आफ्नो घर जान नपाएकाहरुका लागि वैकल्पिक उपाय खोज्न सुझाव दिएका छन् ।

उनले भारतका विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारि सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहँदा उत्पन्न जटिलताको व्यवहारिक हल खोज्न आग्रह गरेका छन् ।

यसैगरी, उनले २० लाख रुपैयाँसम्म ऋण लिएर व्यवसाय गरेका साना व्यवसायीका हकमा ३ महिनासम्मको ब्याज मिनाहा गर्न माग गरेका छन् भने डेरा गरी बसेका विद्यार्थीको हकमा फरक तरिकाले राहतको व्यवस्था गर्न माग गरेका छन् ।

उनले भनेका छन्, “लकडाउनले व्यवसायलाई परेको प्रत्यक्ष असरले विज्ञापनको क्षेत्रलाई सोझै आघात पुर्‍याएको छ । परिणाममा संचार माध्यमहरुले पनि त्यसको असर बेहोर्नुपर्नेछ । अतः राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण गर्न सरकारलाई आग्रह गर्छु ।”

“कडाइका साथ प्रवेश, परीक्षण र क्वारेन्टाइन सुनिश्चित गर्न या अन्य वैकल्पिक प्रक्रियाले तत्काल समस्या समाधान गर्न म ध्यानाकर्षण गराउँदछु,” उनले भनेका छन् ।

यस्ता छन् देउवाले दिएका ११ बुँदे सुझावः

प्रतिक्रिया दिनुहोस्