डाेजर रजगज : देशभर १४ हजार डाेजर बाटाे खन्दै, जनप्रतिनिधि आफैँ र नातागोता डोजरमालिक



काठमाडाैं : स्थानीय विकासका नाममा तराईका फाँटदेखि पहाडका पाखासम्म डोजर कुदाइएका छन् । एक सर्वेक्षणअनुसार देशभर अहिले १३ हजार ६ सय ६६ डोजर सञ्चालनमा छन् । यो हिसाबले एक जिल्लामा औसतमा एक सय ७७ डोजरले बाटो खनिरहेका छन् ।

 

अध्ययनबिना र डोजर अपरेटरको ‘इन्जिनियरिङ’मा खनिएका सडकले विकासभन्दा विनाश निम्त्याएका छन् । तर, आफैँ र नातागोताले सञ्चालन गरेका डोजरले जनप्रतिनिधिलाई व्यक्तिगत फाइदा भइरहेको छ ।

 

उदयपुरमा स्थानीय तहका जनप्रतिनिधिले नै डोजर किनेर व्यवसाय सञ्चालन गरेका छन् । बेलका नगरपालिका–१ का वडाध्यक्ष वसन्त मगरले आफ्नो डोजर नगरलाई भाडामा लगाएका छन् । नगरपालिकाकै अर्को डोजरले पनि काम गरिरहेको छ।

कहाँ कति डाेजर स्काभेटर

 

 

अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ ।

प्रतिक्रिया दिनुहोस्