२०७७ सालमा शनिबारबाहेक ६७ दिन राष्ट्रिय बिदा



काठमाडौं : २०७७ सालमा शनिबारसहित राष्ट्रिय रुपमा ६७ दिन राष्ट्रिय बिदा हुने भएको छ।

आगामी वर्ष ५२ दिन शनिबारबाहेक अन्य १५ दिन मात्र देशव्यापी बिदा हुने छ । सोमबार राजपत्रमा सूचना निकाली सरकारले ०७७ सालका बिदा सार्वजनिक गरेको हो।

०७६ साल र आगामी वर्षको बिदामा कुनै हेरफेर गरिएको छैन। विभिन्न धर्मावलम्बीहरुले मनाउने चाडमा सम्बन्धित धर्माबलम्बी समुदायलाई मात्र बिदा दिने निर्णय कायमै राखिएको छ।

राष्ट्रिय पर्वमा दसैँ र तिहारबाहेक चार दिन मात्र बिदा हुनेछ। नव वर्ष(९वैशाख १), महाशिवरात्री (२८ फागुन) र फागुपुर्णिमामा (चैत १५ र १६) गते मात्र बिदा हुनेछ। नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्